विराटनगरः मोरङको विराटनगर महानगरपलिका–१६ हुलास चोकबाट नियन्त्रित परेका छन् ।
पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–२ का ३२ वर्षीय अमित लिम्बू र २७ वर्षीय हेमराज बस्नेत रहेका छन् ।
विशेष सूचना पाएको प्रहरीले उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बा२च ६१११ नम्बरको कारलाई चेकजाँच गर्ने क्रममा सो कारभित्रबाट लागूऔषध डाइलक्स डिसी एक गिलेन, नाइट्राभेट २४ टयाब्लेट र स्पास्मोप्रोक्सिवन ८ टयाब्लेट बरामद गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक कविन्द्रकुमार कार्कीले जानकारी दिए ।