Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चिसोमा गरिने मेकअप फरक हुन्छ

हाम्रो कोशी आवाज
पुष २० २०७७, सोमबार
चिसोमा गरिने मेकअप फरक हुन्छ

जाडोमौसममा छाला सुक्खा हुने, एलर्जी आउने, फुट्ने जस्ता विभिन्न समस्या देखिने भएकाले गर्मीमा भन्दा चिसोमा छालाको स्याहारका साथै मेकअप गर्दा बिशेष सावधानी अपनाउनुपर्छ ।
चिसोमा छाला एकदम सुख्खा हुन्छ । त्यसैले मेकअप गर्दा गर्मीको भन्दा केहि फरक हुन्छ । गर्मीको मेकअप अलि म्याट हुन्छ भने चिसोमा ग्लसि मेकअप गर्नुपर्छ ।
जाडोयाममा चिसो धेरै हुने भएकाले रिंकलहरु छिटो पर्छ । त्यसैले ग्लसि, ओइली मेकअप गर्दा राम्रो मानिन्छ । गर्मीमा पसिना आउने, अनुहार ओइली हुने भएकाले अलि सुख्खा मेकअप गनुपर्छ । लुज पाउडर प्रर्याप्त मात्रामा लगाउनुपर्छ । भने चिसोमा मेकअप गर्दा पाउडरको प्रयोग गर्नुहुदैँन ।
चिसोमा छाला सुख्खा हुन्छ त्यसमाथी पाउडरको प्रयोगले सेतो पिठो जस्तो निस्कन्छ र लेयरहरु छुटिन्छ । त्यसैले छाला सुख्खा हुदाँ पाउडरलाई लगाउनु हुदैँन । कुनै व्यक्तिको स्किन एकदमै ओइली छ चिसोमा पनि ओइली नै हुन्छ भने हल्का पाउडरको प्रयोग गर्दा हुन्छ । तर सामान्यतय चिसोमा पाउडरको प्रयोग गर्नुहुदैन ।
चिसोमा अनुहार सुख्खा हुने सामान्य समस्या हो । सुख्खा छालाबाट छुटकारा पाउनका लागी बिहान उठेर मनतातो पानिले मुख धुनुपर्छ । त्यसपछि छाला अनुसार दैनिक प्रयोग गर्न मिल्ने क्लिन्जिङ क्रिमको प्रयोग गर्नुपर्छ । त्यसपछि टोनर लगाउनुपर्छ, केहि समयपश्चात डिप मोस्चराइजर लगाउनुपर्छ ।
मोस्चराइजर लगाएको १ मिनेट वा ३० सेकेन्ड पश्चात सनब्लक क्रिम लगाउनुपर्छ । सनब्लक लगाउँदा एस्पिएफ हेरेर लगाउँनुपर्छ । नेपालको मौसम अनुसार एस्पिएफ ५० सम्मको लगाउन सकिन्छ । एकदमै गर्मी ठाउँमा जादाँ ७० प्ल्स सम्मको लगाउनु पर्छ । तर नेपालका लागी एस्पिएफ ५० सम्मको प्रयोग गर्दा हुन्छ ।
सनब्लक लगाउँदा माडेर लगाउँनु हुदैँन हातलाई फेल्कजिबल बनाएर ध्याप ध्याप गरेर लगाउनुपर्छ । साथै दुई घण्टाको अन्तरालमा लगाइरहँदा छाला सुख्खा हुने समस्या कम हुन्छ ।
दैनिम फाउण्डेशन प्रयोग गर्ने व्यक्तिहरुले पनि सुरुमा राम्रोसँग मोस्चराइजर लगाउने त्यसपछि सन ब्लक लगाएर फाउण्डेशन लगाउँदा हुन्छ । साँझ फेसवास र क्लिन्जिङ क्रिम लगाएर मेकअप हटाउनुपर्छ । त्यसपछि टोनर लगाएर नाइट क्रिम लगाउन सकिन्छ । -ब्युटिसियन

प्रकाशित मिति: पुष २० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend