धरानः धरान दिवसका अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
धरानस्थित भानुचोकमा साँझ दीप प्रज्ज्वलन गरिएको हो । धरान उपमहानगरपालिकाले दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरेको हो । धरान उपमहानगरपालिका प्रशासकीय अधिकृत खगेन्द्र खतिवडा र २ नं. वडाध्यक्ष माधव गोविन्द श्रेष्ठलगायतका जनप्रतिनिधिको उपस्थितिमा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको थियो ।
तस्वीरः लक्ष्मण थापा

