Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको चारकोशे झाडीमा लगाइएको महापुराणमा उल्लेख्य उपस्थिति

हाम्रो कोशी आवाज
पुष २१ २०७७, मंगलबार
धरानको चारकोशे झाडीमा लगाइएको महापुराणमा उल्लेख्य उपस्थिति

धरानः शिव बाबाभक्त समाज नेपालले धरान–इटहरीको सीमानामा पर्ने सेउती खोलाको पुलनजिक आयोजना गरिएको श्रीमद्भागवत महापुराणको मंगलबार छैटौं दिन पुगेको छ ।
२३ गतेसम्म सञ्चालन हुने महापुराणको तीनकुने विश्वकर्मा मन्दिरदेखि सेउती पुल दक्षिण पुलपारीसम्म कलश यात्रा गरी शुभारम्भ गरिएको थियो ।
पितृमोक्ष श्री मद्भागवत पुराण नाम दिइएको सो महापुराण कोरोना कहर, विश्व शान्ति र पितृमोक्षका निम्ति आयोजना गरिएको आयोजकले जनाएको छ ।
सो पुराण चारकोशे झाडीको बीचमा सञ्चालन भएतापनि भक्तजनको भने लर्को लाग्ने गरेको आयोजकले जनाएको छ । दैनिक ५ सयको हाराहारीमा भक्तजनको उपस्थिति रहने गरेको पुराण सञ्चालक समितिकी प्रतिनिधि दुर्गा काफ्लेले जानकारी दिइन् । छैटौं दिनसम्म आइपुग्दा २ लाख रूपैयाँ बढी सहयोग सङ्कलन भएको उनले जानकारी दिइन् ।
समाजकी सुन्दरहरैंचा मोरङकी संरक्षक सञ्जना तिम्सिनाले १४ महिना लगाएर पद यात्रा गरी पूर्वदेखि पश्चिम थर्फुसम्म पैदलयात्राको क्रममा विभिन्न ठाउँ ठाउँमा (जहाँ बढी दुर्घटनाका कारण मृत्युु भएका छन् सो ठाउँमा) पितृमोक्षका निम्ति पुराण लगाएर हिँड्ने संकल्प गरेको बताउँदै यस्तो पुराणको आयोजना गरिएको बताइन् ।
विशेषतः सेउती वारी (धरान–इटहरी सडक) मा बढी दुर्घटना हुने गरेको छ । ‘जहाँ बढी दुर्घटना हुन्छ, त्यहाँ यस्तो पुराण आयोजना गरिएको हो’, उनले भनिन्, ‘यसको उद्देश्य पनि लगभग त्यस्तै नै हो ।’ प्रचारप्रसार संयोजक उद्धवप्रसाद अधिकारीले धरान–इटहरी सडकखण्डमा सेउती पुल, सेउतीपुल वारी, छेउछाउ, विश्वकर्मा मन्दिर वरिपरी बढी दुर्घटना हुने गरेको छ ।
उनले महापुराणबाट जे जति आर्थिक सङ्कलन भएपनि २०७८ साल फागुन महिनामा विश्वभरका पितृहरुको उद्दार तथा विश्वशान्तिको निर्मित इटहरीमा हुने अश्वमेय महायज्ञमा खर्चिने बताइन् ।
प्रत्येक दिन बिहान ८ बजेदेखि पूजाआरती अनि साङ्गीतिकरुपमा प्रमुख वाचक पं. कृष्ण प्रसाद गुरागाईबाट मद्भावगत पुराणको वाचन हुने गरेको छ । भोलि बुधबार पितृमोक्षको हवन हुने र २३ गते बिहीबार देवहोमादी भएर समाप्ति हुने जानकारी आयोजकले जनाएको छ । तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: पुष २१ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend