Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेस र समाजवादीले संसद विघटनको विरोध सभा गर्ने

हाम्रो कोशी आवाज
पुष २३ २०७७, बिहिबार
धरानमा कांग्रेस र समाजवादीले संसद विघटनको विरोध सभा गर्ने

धरानः नेपाली कांग्रेस र समाजवादीले धरानमा विरोधसभा आयोजना गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असैंवैधानिक कदमविरुद्धमा सुनसरीको निर्वाचन क्षेत्र १ र समाजवादीले विरोध गर्ने भएका हुन् । पुस २५ गते सुनसरी निर्वाचन क्षेत्र १ मा माघ ३ गते धरान उपमहानगरपालिकामा र पुस ८ गते सबै पालिकाको वडाहरूमा विरोध सभा गर्ने नेता किशोर राईले जानकारी दिए ।
यस्तै, जनता समाजवादी पार्टीले संसद विघटनको देशैभरी विरोध सभा गर्ने निर्णयसँगै धरानमा माघ ३ गते विरोधसभा गर्ने भएको हो । धरान उपमहानगर समितिको कार्यालयमा बसेको बैठकले विभिन्न समिति उपसमितिहरु गठन गरेको छ ।
बैठकले केन्द्रीय सदस्य खालिद हुसेन हकको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । सहसंयोजकमा केन्द्रीय सदस्य दुर्गामाया लिम्बू छिन् भने समितिको सदस्यहरुमा ध्रुव सुब्बा इटहरी, सन्तोष मेहेता इनरुवा, केन्द्रीय सदस्य उमेश थापा, रन्जित गोश्वामी दुहवी, बिना पुमा राई, नरेश थापा, मिलन राई धरान तोकिएको छ ।
त्यसैगरी विरोध सभाको प्रचारप्रसार उपसमितिमा केन्द्रीय सदस्य सुनिता मरिकको संयोजकत्वमा ११ सदस्यीय गठन गरेको छ । सदस्यहरुमा हंस साह, तारा पोखरेल, अनुप सुब्बा, नरेश विक, प्रदीप कार्की, चन्दन रौनियार, निमा पोङ्स्युवा, बिना डी तामाङ, सूर्यनारायण यादव, दीपेन्द्र यादव रहेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्य पदम अधिकारीको संयोजकत्वमा जनपरिचालन उपसमिति गठन गरेको छ । मूल व्यवस्थापन समितिको सदस्य सचिवमा केन्द्रीय सदस्य जेन्टल लावतीलाई जिम्मेवार दिइएको छ भने जनपरिचालन उपसमितिको सदस्य सचिव धरान उपमहानगर समितिका अध्यक्ष ताजुप लिम्बूलाई तोकिएको छ । नेकपाको बहुमतको सरकार केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेको कदमविरुद्ध २५ गतेदेखि दोस्रो चरणको आन्दोलन देशब्यापी विरोध सभा हुँदैछ ।

प्रकाशित मिति: पुष २३ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend