Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा कोरोना खोप कहिले आउँछ ?

हाम्रो कोशी आवाज
पुष २५ २०७७, शनिबार
नेपालमा कोरोना खोप कहिले आउँछ ?

धरानः भारतले दुईवटा कोभिड–१९ विरुद्धको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएसँगै नेपालमा पनि छिट्टै खोप उपलब्ध हुनसक्ने आशा पलाएसँगै नेपालमा कहिले र कस्तो खोप आइपुग्दा भन्ने चिन्ता र बहस अहिले पनि जारी छ । भारतमा केही दिनबाट सर्वसाधारणलाई समेत खोप दिन थालिनेछ ।
भारतमा रहेको विश्वकै ठूला मध्येको एक खोप निर्माण गर्ने केन्द्रमा कोभिड–१९ को खोप उत्पादन भएर भारतभर वितरण हुँदा त्यो नेपालसम्म ल्याउन अझ बढी सहज अवश्य नै हुन्छ । गत आइतबार भारतको औषधि नियन्त्रण महानिर्देशनालयले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ र भारत बायोटेक र भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको ‘कोभ्याक्सिन’लाई स्वीकृति दिएको छ ।
नेपालका लागि कुन खोप सबैभन्दा बढी उपयुक्त हुन्छ भन्ने प्रश्नको जवाफ हालसम्म पनि स्वास्थ्य मन्त्रालयसँग भए जस्तो देखिन्न । मोडर्ना, फाइजर, बयोएनटेक, एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय, रुस र चीन आदिले निर्माण गरेका खोपहरु विभिन्न देशमा अनुमति प्राप्त गर्दै प्रयोगमा आउन थालिसकेका छन् । तर, यी खोपहरुमध्ये नेपालका लागि कुन उपयुक्त हुन्छ भन्नेमा भने बहस जारी नै छ ।
यसैबीच कोरोना भ्याक्सिनका लागि नेपालले औपचारिक प्रक्रिया थालेको जनाएको छ । यससँगै नेपालले पनि भारतसँग औपचारिक छलफल नै थालेको छ । त्यसका लागि दिल्लीस्थित नेपाली राजदूतले भारतीय अधिकारीसँग छलफल कार्य अगाडि बढाएका छन् ।
स्वास्थ्य सेवा विभागले पनि खोपका लागि आवश्यक प्रक्रिया अगाडि बढेको जनाएको छ । विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले पहिलो चरणमा खोप दिनेगरी विवरण संकलनको काम थालिएको बताए ।
‘पहिलो चरणमा फ्रन्टलाइनरलाई खोप दिइनेछ । त्यसका लागि देशभर रहेका स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला स्वास्थ्य स्वय सेविकाहरूको विवरण जतिसक्दो चाँडो सम्बन्धित जनस्वास्थ्य कार्यालयमा पठाउन भनेका छौं ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपाल प्राविधिक तथा खरिद प्रक्रियाका अगाडि बढेको जानकारी दिए । कोभ्याक्स कम्पनीले नेपाललाई ६० लाख डोज खोप दिने प्रतिबद्धता जनाएपनि त्यो आउन समय लाग्ने प्रवक्ता डा. गौतमले बताए ।
यो विषयमा सरकारले सरोकारवाला निकायसँग छलफल तथा खोप कम्पनीहरूसँग भर्चुअल तथा प्रत्यक्ष वार्ता पनि भइरहेको प्रवक्ता डा. गौतमले बताए । अब नेपालले पनि चाँडै खोप पाउने उनको भनाइ छ ।

प्रकाशित मिति: पुष २५ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

  • रक्सीसँग सितन

    हामीकहाँ एउटा भ्रम व्याप्त छ, ‘रक्सीसँग सितन टन्न खानुपर्छ, धेरै हानि गर्दैन ।’ उनीहरुको बुझाइ के हो भने सितन (स्न्याक्स) खाएपछि रक्सीको असर कम...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • दशैंमा अझ सक्दो शारीरिक व्यायाम आवश्यक छ

    दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार...

    • २ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • दशैंमा मासु कति खाने ?

    चाडपर्वको बेलामा स्वास्थ्यको हेरचाह कसरी गर्ने ? चाडपर्व आएसँगै हामीले आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्ने हुन्छ। मुख्यतः खानपानमा ध्यान दिनुपर्छ। हेभी खाना खाने र चिल्लो...

    • २ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • गाँजाको अवैध तस्करीः चुनौतीपूर्ण बन्दै

    धरानः नेपालमा गाँजा खेतीलाई वैधानिकता दिने विषयमा नीतिगत बहस र छलफलहरू चुलिए तापनि व्यावहारिक रूपमा भने अवैध उत्पादन, प्रशोधन र तस्करी दिनानुदिन भयावह बन्दै...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ
  • धरानको बीपी प्रतिष्ठानका प्रा.डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकको सूचीमा

    धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डा. सञ्जीवकुमार शर्मा विश्वका प्रभावशाली वैज्ञानिकहरूको सूचीमा परेका छन् । विगत २६ वर्षदेखि विभिन्न रोगमा अनुसन्धान गर्दै...

    • ३ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • अब भूमिहीन सुकुम्बासीलाई जग्गा बाँड्न कानुनी गाँठो फुक्यो

    धरानः भूमिहीन नागरिकको वर्षौंदेखिको समस्या समाधान गर्ने तथा विद्यमान कानुनी अवरोध हटाउने उद्देश्यका साथ राष्ट्रपति रामचन्द्र पौडेलले भूमि र वनसम्बन्धी दुई अध्यादेश जारी गरेका...

    • ३ हप्ता अगाडी
    • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend