Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी गायिका सीमा संग्रौलाको ‘उड्नु छ आज’ सार्वजनिक

हाम्रो कोशी आवाज
पुष २९ २०७७, बुधबार
धरानकी गायिका सीमा संग्रौलाको ‘उड्नु छ आज’ सार्वजनिक

धरानः १० वर्षअघि ‘नोट’ एल्वम निकालेर नेपाली संगीत क्षेत्रमा होमिएकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि ‘उड्नु छ आज’ बोलको गीत आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी छिन् ।
नोट एल्वमको ‘के नै रुनु छ र’ बोलको गीतबाट त्यही वर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नव प्रतिभाको अवार्डसमेत हात पार्न सफल गायिका सीमाको ‘के नै रुनु छ’ सँगै जितेर मेरो मन, यो वैंश भित्र के छ, उताउलो मोरोले ताल पारयोलगायतका गीतहरु लोकप्रिय रहेका छन् ।
मेलोडी, फ्युजन र टिपिकल नेपालीपनका गीतहरु गाउन मन पराउने उनले उड्नु छ आज गीत विशाल पाण्डेसँग मिलेर संगीत तथा रचना गरेका छिन् । यसअघि तीन महिनाअघि मात्र उनले विशालसँगै मिलेर नै ‘माया आउन नजिक’ बोलको गीतको गीत तथा म्युजिक भिडियो सार्वजनिक गरकी थिइन् ।
लकडाउनको समयमा अडियो तयार गरी लकडाउन खुलेपछिको समयमा पर्यटकीय नगरी पोखरा र यस आसपासका क्षेत्रमा खिचिएको भिडियोको छायांकन, सम्पादन तथा निर्देशन विशाल पाण्डेले गरेका छन् ।
गीतलाई गायिका सीमाले आफ्नो प्रेरणादायी गीतको रुपमा लिएको बताउँछिन् । यही गीतमा भने झैं उनी अब भने निरन्तर संगीतमा आफ्नो पाइला चालिरहने बताउँछिन् ।
‘हातेमालो गर्दै हामी सफलताको पाइला चालौं,
आऔं सबै मिली हामी एकताको गीत गाऔं’

प्रकाशित मिति: पुष २९ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend