Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भीरबाट टिपर खस्दा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ ५ २०७७, सोमबार
भीरबाट टिपर खस्दा तीनजनाको मृत्यु

सोलुखुम्बुः सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ बरडाँडामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
आइतबार राति पौने १२ बजे सोलु सल्लेरीबाट नेचासल्यान जाने भित्री सडकखण्डमा २३.५ हाइड्रो साल्मेबाट पुरानो रड र तारहरु बोकी ८६ हाइड्रोतर्फ जाँदै गरेको बा४ख ७९८० नम्बरको टिपर आफै अनियन्त्रित भई दुर्घटना हुँदा टिपरमा सवार रहेका वाग्मती नगरपालिका–४ मकवानपुरका ३३ वर्षीय राजकुमार मगर, सुरुङगा नगरपालिका–८ सप्तरीका १९ वर्षीय कृष्णराज चौधरी र धादिङका ३० वर्षीय कमल मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोही दुर्घटनामा घाइते भएका हेटौंडा फापरवारीका २२ वर्षीय रमेश मगरको जिल्ला अस्पताल फाल्लुमा उपचार भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपीन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ ५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend