Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा माइक्रो र मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ ६ २०७७, मंगलबार
सुनसरीमा माइक्रो र मोटरसाइकल जुध्दा तीनजनाको मृत्यु

सुनसरीः सुनसरीको दुहवी–इनरुवा खण्डमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते पनि भएका छन् ।
सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोक्किएका थिए । प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माईक्रोले को३४प ४६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपश्चात् माईक्रो सडक किनारमा पल्टेको छ । दुर्घटनामा मोटरसाइकल चालक इनरुवा ३ का बृख मण्डल र माइक्रोका सह–चालक सप्तरी घर भएका शंकरकुमार यादव रहेका छन् । अर्की मृतक महिलाको पहिचान हुन भने बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।
इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार अन्य घाइते भएकाहरुको अवस्था सामान्य छ । दुर्घटनामा परी भोक्राहा नरसिंङका प्रशान्त यादव, बराहक्षेत्र–१० का भरत यादव, इनरुवा–८ की शान्ति मेहेता, विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, इनरुवा–३ का मनोज अधिकारी, इनरुवा–३ का प्रशंसा सुवेदी, सप्तरी मान्सापुरका इन्द्रकला देवी सिंह, राजविराज–७ सप्तरीका निरज यादव, इनरुवा–७ का चन्द्र मेहता, राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल घाइते बनेका छन् ।

प्रकाशित मिति: माघ ६ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend