धरानः बराहक्षेत्रमा १ सय ३० जना जनता समाजवादीमा प्रवेश गरेका छन् ।
बराहक्षेत्र नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेको हुन् । पार्टीका वरिष्ठ नेता अशोक राईले उनीहरुलाई पार्टीमा भित्रयाएका थिए ।
बराहक्षेत्र वडा नम्बर ४ मंगलबार सम्पन्न पार्टी प्रवेश कार्यक्रमपछि ११ सदस्यीय वडा समिति पनि गठन गरिएको छ । वडा समितिको अध्यक्षमा राजु बस्नेत चयन गरिएको छ । त्यसैगरी समितिको उपाध्यक्षमा सरस्वती राई, सचिवमा हिवान राई, सहसचिव अस्मिता थापा र सदस्य सुजन परियार, अनिल सहनी, शंकर परियार, कौषिला ऋषिदेव, दुर्गा परियार र दुर्गा परियार रहेका छन् ।