विराटनगरः जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पपु नायक पौष महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै चोरी, अवैध लागूऔषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेपछि उनलाई उच्च मूल्याङकन गर्दै २०७७ साल पौष “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।