विराटनगरः हात्तीको आक्रमणबाट मोरङ विराटचोककी युवतीको मृत्यु भएको छ ।
सुन्दरहरैंचा नगरपालिका–१० की २८ वर्षीया सीता पराजुलीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जंगलमा घाँस काटिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरी निरीक्षक ऋषिराज ढकालले साढे १ बजेतिर घटना घटेको बताए । लोहन्द्रा वनमा घाँस काट्न गएको बेला हात्तीले आक्रमण गरेको थियो । अर्की युवती मीरा बोगटीले भागेर ज्यान जोगाएकी थिइन् ।