Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

काकडभिट्टा आउँदै गरेको बस दुर्घटना

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
काकडभिट्टा आउँदै गरेको बस दुर्घटना

धरानः सर्लाहीको हरिवनमा बिहीबार बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुबै महिला छन् । दुर्घटनामा १७ जना घाइते भएका प्रहरीले जनाएको छ ।
दाङबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ४४८८ नम्बरको बस बिहान चार बजे हरिवन ४ सासापुरमा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
एकजनाको घटनास्थलमै र अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की करिब ३६ वर्षिया राजकुमारी चौधरीको घटनास्थलमै मृत्यु भएको हो । यस्तै गम्भीर घाइते रहेकी राप्ती गाउँपालिकाकै २३ वर्षिया निर्मला चौधरीको उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
दुर्घटनाको कारण खुलेको छैन । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरका अनुसार बस सडकबाट बस तल खसेको छ । तीव्र गतिको कारण बस दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ ।

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend