Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापा र इलामको दुर्घटना हुँदा दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
झापा र इलामको दुर्घटना हुँदा दुईजनाको मृत्यु

विराटनगरः झापा कचनकवल–१ बस्ने ३२ वर्षीय नन्दलाल राजवंशीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
बुधबार बेलुका पौने ७ बजे झापा बाह्रदशी–३ स्थितमा मे७प ७९६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै गरी इलाम माईजोगमाई–४ हातिटारस्थित भित्री सडक खण्डमा ट्याक्कर दुर्घटना हुँदा चालक सोही स्थानका ४५ बर्षीय राजु धमलाको मृत्यु भएको छ ।
बुधबार साँझ ५ बजे प्रदेश न. ३–०३००१ त १४८२ नम्बरको ट्याक्टर चलाइरहेका धमलाले ब्रेक लगाउने क्रममा उनी आफै ट्याक्टरबाट लड्दा गम्भिर घाइते भएका थिए । गम्भिर घाइते भएका धमलाको विएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा राती १० बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend