Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आफ्नो कुरा सुनाउँदै कांग्रेस पस्यो वडावडामा

हाम्रो कोशी आवाज
माघ ८ २०७७, बिहिबार
धरानमा आफ्नो कुरा सुनाउँदै कांग्रेस पस्यो वडावडामा

धरानः प्रतिनिधि सभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसले बिहीबार धरानका २० वटै वडामा पुगेर आफ्नो कुरा राखेको छ ।
वडावडामा पुगेर विरोध प्रदर्शनसँगै आफ्नो कुरा पनि राखेको हो । सरकारको सर्वसत्तावाद, अधिनायकवाद र संसद विघटनलाई असंवैधानिक कदम ठहर गर्दै आएको कांग्रेसले केन्द्रीय कार्यक्रम अनुसार नै धरानमा प्रदर्शन गरेको कांग्रेसका नेता किशोर राईले जानकारी दिए ।
कांग्रेस स्थानीय तहका सबै वडाहरुमा नेताहरुलाई जिम्मेवारी सुम्पिँदै वडावडामा पुगेको नेता विनोद राई बताउँछन् ।
प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै कांग्रेसले पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । ‘संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावनाविपरीतको कार्यविरुद्ध सबै जागौं, जुटौं भनेर यस्तो कार्यक्रम भएको हो’, नेता विनोदले भने, ‘जुछौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा भन्ने पर्चा पनि छरेका छौं ।’
नेपाली कांग्रेस, क्षेत्र नं. १ सुनसरीले यस्तो पर्चा वितरण गरेको उनले जानकारी दिए ।
तस्वीरहरुः लक्ष्मण थापा

 

प्रकाशित मिति: माघ ८ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend