Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दिनहुँजसो समातिँदै लागूऔषध कारोबारी

हाम्रो कोशी आवाज
माघ १२ २०७७, सोमबार
दिनहुँजसो समातिँदै लागूऔषध कारोबारी

विराटनगरः प्रदेश १ को सुनसरी, मोरङ, झापामा दिनहुँजसो लागूऔषध कारोबारमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
प्रहरीको साताभर रिपोर्टअनुसार नै पनि लागूऔषध कारोबारमा संलग्न पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरी आवश्यक कारवाही पनि गरिएको जानकारी दिए ।
यसैबीच झापाको बिर्तामोड–४ भद्रपुर रोडस्थित र बिर्तामोड–६ बुटाबारी एरियाबाट लागूऔषध खैरोहिरोइन ब्राउनसुगर सहित तीनजना पक्राउ परेका छन् ।
भद्रपुर रोडबाट पक्राउ पर्नेमा झापा गाँउपालिका–५ शरणामतीका ३० वर्षीय मिलन राजवंशी रहेका छन् । उनलाई १२ ग्राम खैरोहिरोइन ब्राउनसुगर सहित पक्राउ गरिएको हो ।
यसैगरी बुटाबारीबाट पक्राउ पर्नेमा बिर्तामोड–६ का २० वर्षीय सुनिल राई र बिर्तामोड–७ का २३ वर्षीय रुपेश गुरुङ रहेका छन् । उनीहरुलाई ७ ग्राम ६० मिलिग्राम खैरोहिरोइन ब्राउनसुगरसहित पक्राउ गरिएको हो । विशेष सुराकका आधारमा उनीहरु तिनैजनालाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो ।
यस्तै, जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–९ मगर चोक एरियाबाट १२०० ग्राम गाँजासहित बुद्धशान्ति–१ का ५३ वर्षीय लक्ष्मीप्रसाद खतिवडालाई पक्राउ गरेको छ ।
यसैगरी मोरङ विराटनगर–१५ स्थित सीमा एरियाबाट भारतीय नागरिक लागूऔषध सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत अररिया जोगवनी–१० का १७ वर्षीय कालुकुमार शर्मा रहेका छन् । उनलाई आइतबार सीमा प्रहरी चौकी रानीबाट खटिएको प्रहरी टोलीले नाइट्राभेट ७५ ट्याब्लेट, स्पास्मो प्रोक्जोभिम ४० ट्याब्लेट र डाइलेक्स डिसी ५ बोतल लागूऔषधसहित पक्राउ गरेको हो ।
यसरी प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका पाँचै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।

प्रकाशित मिति: माघ १२ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend