दमकः झापा शिवसताक्षी–११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दमक–८ का २५ वर्षीय सतबहादुर देवान र सोही स्थानका ३२ वर्षीय दिलिप महत रहेका छन् ।
टेम्पोमा सवार गरी आएका उनीहरुलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा पश्चात उनीहरु उपर चेकजाँच गर्दा डाइजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाइन ५८ एम्पुल लागूऔषध फेला पारी बरामद गरिएको हो ।
पक्राउ परेका दुवैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।