विराटनगरः ताप्लेजुङ पाथिभरा याङवरक–५ स्थितमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । को२त ७७६१ नम्बरको टयाक्टर सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना हुँदा सोही टयाक्टरका सहचालक पाथिभरा याङवरक–५ का १९ वर्षीय मनिष योङहाङको मृत्यु भएको हो ।
यस्तै, उदयपुर कटारी–४ का ५ वर्षीय बालक अमिर तामाङको टयाक्टरबाट लडेर मृत्यु भएको छ । मंगलबार कटारी–४ स्थित भित्री सडक खण्डमा स१त ६८२२ नम्बरको टयाक्टरबाट लडेर गम्भीर घाइते भएका अमिरलाई उपचारार्थ लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।