Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा विछ्याइयो अण्डरग्राउण्ड तार

हाम्रो कोशी आवाज
माघ १६ २०७७, शुक्रबार
धरानमा विछ्याइयो अण्डरग्राउण्ड तार

संस्कृतमात्रै पढाइ हुने विद्यालय पनि छ है धरानमै

प्रदेश १ को धरान विजयपुरस्थित २०४३ सालमा स्थापित एक मात्र पिण्डेश्वर संस्कृत माध्यमिक उच्च माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा गुरुकुल शिक्षापछि कक्षा–८ देखि कक्षा–१० सम्म संस्कृत पढाइ हुने गर्दछ ।

आहा ! कति मिठो चटपटे 

स्कुल छुट्टी भएर फर्किने क्रममा धरानस्थित छाताचोकमा चटपटे खाँदै गरेकी घर फर्किँदै गरेकी बालिका ।

धरानमा अण्डरग्राउण्ड फाइवर तार


झण्डै १२ दिनअघिदेखि नेपाल टेलिकमले धरानको ब्यस्त मेन सडक खण्डमा नेटलाइनको लागि अण्डर ग्राउण्ड अप्टिकल फाइवर तार धमाधम बिछ्याइँदै । केही चालकहरुले बाहिरको देश जस्तो यदि नेपालमा पनि यस्ता कामहरु राति गरिने ब्यवस्था भए बाटोमा सवारी चलाउन अवरोध नहुने भन्दै गुनासो पोख्दै आएका छन् ।

खहरेमा फोहोरको थुप्रो

धरान–१० लोकमार्ग र धरान–९ गौतमपथको बीचमा रहेको खहरेमा देखिएको फोहोरको थुप्रो । धरान उपमहानगरपालिकाको वातावरणीय सरसफाइ अभियानअन्तर्गत भोलि शनिबार पनि खहरे सरसफाइको कार्यक्रम राखिएको छ ।

कोरोना खोप प्रभावकारी छ, हल्लाको पछि नलागौं

कोरोना खोप लगाए ‘मरिन्छ रे’ भन्ने हल्ला चलिरहँदा खोप सुरक्षित रहेको र प्रभावकारी रहेको धरानस्थित विजयपुर हस्पिटलमा खोप लगाउने स्वयंसेविकाले जानकारी दिएका छन् । आज तेस्रो दिन (शुक्रबार) धरानको दोस्रो खोप केन्द्र विजयपुर हस्पिटलमा खोप लगाउँदै चतराकी एक स्वयमसेविका महिला ।

फुटपाटको व्यापार

धरान भानुचोकस्थित पहाडी क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधन खाली भएपछि बसपार्कको खाल परिसरमा सधैंझै साझ ४ बजे पछि लाग्ने सस्तो फुटफाते लत्ताकपडा को बजारको कोभिड पश्चात् फेरि पुनः चहल पहल बढदै ।

प्रकाशित मिति: माघ १६ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend