Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आँखालाई सुन्दर बनाउने टिप्स

हाम्रो कोशी आवाज
माघ १८ २०७७, आइतबार
आँखालाई सुन्दर बनाउने टिप्स

आफ्नो आँखाको सौन्दर्यमा खिच्न प्रायः युवतीहरू लालायित हुन्छन् । आँखा सबैका उस्तै हुँदैनन् । फरक–फरक आँखाका आकर्षणका लागि मेकअपको तरिका फरक–फरक हुन आवश्यक छ । ब्युटिसियन कल्पना शाक्यले आँखाका लागि ६ सौन्दर्य टिप्स दिएकी छिन् :
१. आँखा ठूला छन् ? आँखाको तल्लो भागमा गाजल नलगाउनुहोस् । ठूला आँखालाई माथिल्लो भागमा मात्रै गाजल लगाएको सुहाउँछ । ठूला आँखालाई तल्लो भागमा पनि लगाउनैपर्ने भए आइलिडमा मात्रै हल्का प्रयोग गर्ने ।
२. आँखा साना छन् ? साना आँखा छन् भने तल्लो भागमा गाजल अनिवार्य नै हुन्छ । यस्ता आँखालाई आइलिडमा मात्रै हल्का गाजल लगाएर पुग्दैन । आइलिडभन्दा तलबाट गाजल लगाउनुपर्छ ।
३. गोलाइ छोटो छ ? आँखाको गोलाइ छोटो भएमा मेकअप गरेर केही ठूलो देखाउनुपर्ने हुन्छ । यसका लागि आँखाको लाइनभन्दा बाहिरसम्म आइलाइन या आइपेन्सिल कोर्नुपर्छ ।
४. आँखा लाम्चा छन् ? लाम्चा आँखा छन् भने आँखाको लाइनभन्दा भित्रसम्म आइलाइनर-आइपेन्सिल कोर्नुपर्छ । आइलाइनर-आइपेन्सिल लगाउँदा आँखाको बीच भागबाट सुरु गर्नुपर्छ र छेउ–छेउसम्म तान्नुपर्छ ।
५. आइब्याग छ ? आँखाको तल सुन्निएको-झोलिएकोजस्तो (आइब्याग) छ भने यो भागमा डार्क कलरको बेस तयार गर्नुपर्छ । डार्क बेसले आइब्यागको नराम्रोपनलाई छोपिदिने काम गर्छ ।
६. डार्क सर्कल छ ? आँखावरिपरि डार्क सर्कल भएमा लाइट कलरको बेस तयार गर्नुपर्छ । लाइट कलरले डार्क सर्कल छोपेर फेसको अन्य स्किनसँग मिल्ने टोन ल्याउँछ ।

प्रकाशित मिति: माघ १८ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend