Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोटाङमा बसको चक्काले किचेर वृद्धाको मृत्यु

हाम्रो कोशी आवाज
माघ १९ २०७७, सोमबार
खोटाङमा बसको चक्काले किचेर वृद्धाको मृत्यु

खोटाङः खोटाङ दिप्रुङचुईचुम्मा–३ रोबलुङ छितापोखरी बस्ने ७५ वर्षीया चन्द्रकुमारी मगरको बसको चक्काले किचेर मृत्यु भएको छ ।
सोमबार बिहान सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडक खण्डमा ना५ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा चन्द्रकुमारी चिप्लिएर लड्दा सोही बसको पछाडिको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बस र बस चालक सुनसरी बराहाक्षेत्र–४ का ३५ वर्षीय दलबहादुर पौडेल नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ १९ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend