Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
माघ २१ २०७७, बुधबार
झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगरः झापाको बिर्तामोड नगरपालिका–१ मा बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
मंगलबबार दिउँसो पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना६ख १५२० नम्बरको बसले पैदलयात्री बिर्तामोड नगरपालिका–६ का ३२ वर्षीय सागर मिश्रलाई ठक्कर दिँदा घाइते भएका मिश्रलाई उपचारको लागी बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।
यसैबीच खोटाङको रावाबेशी गाउँपालिका–४ का उत्तम मगरको घरमा आगलागी हुँदा आगोले जलेर निजकै ७ वर्षीय छोरा जेसेन मगरको मृत्यु भएको छ । मंगलबार दिउँसो ३ बजेको समयमा मगरको घरमा अचानक आगलागी हुँदा ७ वर्षीय बालकको जलेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: माघ २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend