Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीबाट नक्कली उपसेनानी समातिए

हाम्रो कोशी आवाज
माघ २२ २०७७, बिहिबार
इटहरीबाट नक्कली उपसेनानी समातिए

सुनसरीः सुनसरीको इटहरीबाट नेपाली सेनाका नक्कली उपसेनानी भन्दै ठगी गरेको आरोपमा एक व्ययक्ति पक्राउ परेका छन् ।
सेनाको उपसेनानी (लेफ्टिनेन्ट) हुँ भन्दै मर्करीको ब्यापार गर्ने बहानामा सर्वसाधारणलाई ठगी गर्दै रकम असुली गर्ने पर्सा जिल्ला ठोरी गाउँपालिका ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सेनाको पोशाक र दज्र्यानी चिन्ह लगाई ठगी गर्दै हिँडेको सूचना र किटानीको आधारमा खोजतलासको क्रममा कार्कीलाई इटहरीबाट नियन्त्रणमा लिइएको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीले नक्कली सेना बनेका कार्कीले विभिन्न व्यक्तिबाट एघार लाख बढी ठगी गरेको भेटिएको जनाएको छ । यसैगरी कार्कीका सहयोगीका रुपमा रहेका सिन्धुलीका ३८ वर्षीय बसन्तकुमार खड्कालाई समेत नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाले जानकारी दिए ।
सुनसरी प्रहरीले पक्राउ परेका कार्कीको साथबाट ३३ हजार ४ सय ५० रुपैंया सहित विभिन्न बैंकका एटीएम र आइएमईका रसिदका साथै मोबाइलहरु बरामद गरेकोे जनाएको छ ।

प्रकाशित मिति: माघ २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend