धरानः महिला शक्ति समाजको अध्यक्षमा पुनः अञ्जना राई चयन भएकी छिन् ।
भेलाले अञ्जना राईलाई पुनः अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा पुनम राई, सचिवमा जुली सुब्बा, कोषाध्यक्षमा डेनी राई, सहसचिव रोहिला सुब्बा चयन भएका छन् । यस्तै, सदस्यमा अनुराधा गुरुङ र आइमती राई चयन भएका छन् ।
२०७३ माघमा स्थापना भएको संस्थाले महिलाको विषयमा आवाज उठाउने, विविध तालिम, महिला अधिकार सचेतना, व्यक्तित्व विकास तालिम, अशिक्षित महिलाको पहिचान गरेर सचेतना जगाउने, पछाडि परेका महिलालाई महिलालाई सशक्तिकरण गर्दै आएको अध्यक्ष राईले बताइन् ।
