धरानः नेकपाका प्रचारप्रसार विभाग संयोजक तथा नगर सदस्य तारा लामगादे जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
धरानमा आयोजित कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले खादा लगाएर उनलाई पार्टीमा प्रवेश गराएका थिए । कार्यक्रममा केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, नेताहरु मनिष सुमन, रकम चेम्जोङलगायतले स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै जसपा प्रवेश गर्दै लामगादेले २३ वर्षसम्म पनि एउटै पार्टीमा खुम्चिएर बस्दा प्रतिभा, योग्यता, क्षमता भएकाहरुलाई खासै स्थान दिन नसकेको गुनासो पोखे । ‘२२ वर्षदेखि एउटै पार्टीमा रहँदा खासै मूल्याङ्कन भएन, उल्टै हाम्रा विषय र मुद्दालाई थिचियो,’ उनले भने, ‘यो मेरो आकस्मिक ‘सरप्राइज’ हो, अब जनताको अधिकार सुनिश्चित हुन्छ भन्ने सोंचेको छु ।’
उनी क्रिष्टियन पत्रकार संघको केन्द्रीय अध्यक्ष समेत रहेका थिए । तस्वीरः हाम्रो कोशी आवाज

