Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बाबुराम भट्टराईले भने- देशमा संकटकाल लाग्न सक्छ

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
धरानमा बाबुराम भट्टराईले भने- देशमा संकटकाल लाग्न सक्छ

धरानः जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालमा संकटकाल लाग्न सक्ने बताएका छन् ।
जसपाद्वारा धरानमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘स्थिति गम्भीर छ, यो भ्रममा कोही नपरौं, निर्वाचन कुनैपनि हालतमा हुनेवाला छैन, संसारको कुनैपनि तानाशाहले सत्ता आफ्नो हातमा लिइसकेपछि आफूले जित्ने १०० प्रतिशत ग्यारेन्टी नभएसम्म चुनाव गराउँदैनन्, जतिबेला चुनाव हुन्छ, जब ९० प्रतिशत, ९९ प्रतिशत मत देखाएर जनतामा भ्रम छर्छन्’ उनले थपे, ‘त्यसैले त्यतिबेला संसद भंग हुन्छ, त्यतिबेला संकटकाल लाग्छ सक्छ र देश तानाशाहीतर्फ अघि बढ्छ ।’
उनले अहिले प्रतिपक्षमा रहेका सबै दल (कांग्रेस, प्रचण्ड–माधव समूह, विवेकशील, जसपा, विवेकशील, राजमो, लिम्बुवानलगायत) एक हुन आवश्यक रहेको उनले बताए । ‘हिजो त राजामहाराजाको नेतृत्वमा प्रतिगमन भएको थियो, आज कम्युनिष्टको खोल ओढेको मान्छेको नेतृत्वमा प्रतिक्रान्ति भएको छ’, उनले भने, ‘प्रतिगमनलाई परास्त गर्दै प्रतिनिधिसभाको पुनस्थापना गरी संयुक्त वा नयाँ सरकार निर्माण गरिन्छ, यसका लागि आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुको विकल्प छैन, त्यसैले सबै दल एकजुट भएर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, नेताहरु मनिष सुमन, रकम चेम्जोङ, पर्शुराम बस्नेतलगायतले बोलेका थिए । अध्यक्ष यादवले केपीले संघीयता ध्वस्त बनाउन लागेको बताए । उनले प्रम ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधान र लोकतन्त्रमाथि नै ‘कु’ गरेको आरोप लगाए । जनताको अदालतले नै संसद पुर्नस्थापना हुने उनको भनाइ थियो । सोही पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रकम चेम्जोङले केपी ओलीको कदम असंवैधानिक भएको बताउँदै प्रतिनिधी सभाविघटन गर्ने कदम धर्म निरपेक्षताको अपमान र अग्रगमनलाई रोक्ने काम भएको बताए ।
कार्यक्रममा नागरिक समाजका अगुवा तथा अग्रज पत्रकार भवानी बरालले देशलाई प्रतिगमनतर्फ जान नदिन दलहरु एकजुट हुनुको विकल्प नरहेको बताए । ‘प्रम ओलीले गरेको यो कदम प्रतिगमन नै हो’, उनले भने, ‘त्यसका लागि सबै दल एकजुट भएर सशक्त आन्दोलन गर्नुको विकल्प छैन ।’
तस्वीरः हाम्रो कोशी आवाज

 

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend