Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डुबेर नाबालिकाको मृत्यु

हाम्रो कोशी आवाज
माघ २५ २०७७, आइतबार
डुबेर नाबालिकाको मृत्यु

बिर्तामोडः झापा अर्जुनधारा–४ मदनपुर बस्ने राज अधिकारीको ४ वर्षीया छोरी योजना अधिकारीको डुबेर मृत्यु भएको छ ।
आइतबार बिहान पौने १० बजे आफ्नै घरमा जडान गरिएको गोबर ग्यासको आउडल्याडमा उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आफन्तले प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको र कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति: माघ २५ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend