Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१० लाखभन्दा बढीको औषधी बरामद

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
१० लाखभन्दा बढीको औषधी बरामद

विराटनगरः विराटनगर–५ स्थित न्यूरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख रुपैयाँभन्दा बढीको औषधिहरु बरामद गरिएको छ ।
विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साँढे ६ बजे रामप्रसाद साहको घरमा डेरा गरी बस्ने विकास मण्डल र निजको भाइ विक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।
खानतलासी गर्ने क्रममा निजहरुको कोठाबाट विभिन्न ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधिहरु पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ । यसरी बरामद गरिएको औषधि र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारवाहीको लागि औषधि व्यवस्था विभाग विराटनगरमा बुझाउने कार्य भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend