Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जल्पारोड पुनः कालोपत्रे हुने

हाम्रो कोशी आवाज
माघ २६ २०७७, सोमबार
धरानको जल्पारोड पुनः कालोपत्रे हुने

धरानः धरानको जल्पारोड कालोपत्रे बन्ने भएको छ । ड्रेनसहित ३० फिट चौडाई भएको कालोपत्रे सडक बन्ने जनाइएको छ ।
नगर गौरवको योजनाअन्र्तगत परेका जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७ माघ २२ गते भएको थियो । ठेकेदार कम्पनीसँग ०७८ माघ २२ गतेभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । सडक ३ सय ९० मिटरको छ । सो m सडक नगर गौरवको आयोजनाअन्र्तगत २ करोड ३७ लाखमा ठेक्का लागेको हो । सडक तथा ढल निर्माणको ठेक्का भूमिस्वामी नारायण जेभीले लिएको छ ।
धरान–३ स्थित चिनियाँ चौकदेखि चौबिसे समाज सम्म निमाण हुने जल्पा रोड तथा ढल निर्माणको सोमबार शुभारम्भ गरिएको छ । जल्पा रोड तथा ढल निर्माणको प्रदेश एकका प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ, धरान उपमहानगरका मेयर तिलक राई र वडाका वडाध्यक्ष आशाकुमार श्रेष्ठले विधिवत रुपमा पूजा गरेर संयुक्तरुपमा नरिवल फुटाएर सडक तथा ढल निर्माणको शुभारम्भ गरेका हुन् ।
प्रदेश सभा सदस्य श्रेष्ठले लामो समयपछि सडक निर्माण हुन लागेको भन्दै यस सडकले वडा नं. ३ को सुन्दरता बढाउने बताए । धरान उपमहानगरका मेयर राईले धरान उपमहानगरपालिको नगर गौरवको योजनाअन्र्तगत जल्पा रोडको शुभारम्भ गरिएको बताए ।
उनले ठेकेदारले आफ्नो जिम्मेवारी असल नियतका साथ काम गर्दै समयमै काम सम्पन्न गर्न आग्रह गरे । वडाध्यक्ष आशाकुमार श्रेष्ठले सो सडक ८ वर्ष अगाििड बनेको बताउँदै त्यहाँदेखि यता बाटो नबनेको बताए । जल्पारोड अन्र्तगत मानिसहरुलाई आवतजावत गर्न समस्या हुने गर्दथ्यो । अहिले पनि समस्या कायमै छ । सडक तथा ढल निर्माणको कार्यसमय मै सम्पन्न हुने उनले विश्वास व्यक्त गरे । बाटो निर्माणमा वादविवाद नहोस् भनेर सहजीकरण गर्नका लागि सात जनाको समिति समेत गठन गरिएको जनाइएको छ ।

प्रकाशित मिति: माघ २६ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend