Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ताप्लेजुङ केन्द्र भएर भूकम्प गयो

हाम्रो कोशी आवाज
माघ २७ २०७७, मंगलबार
ताप्लेजुङ केन्द्र भएर भूकम्प गयो

फुङ्लिङ: ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७, ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जानाएको छ ।
ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासी विवश केदेमले बताए । ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन लामाले जानकारी दिए । घर हल्लिएपछि मान्छे घरबाहिर निस्केको तर कुनै क्षति नभएको लामाले जानकारी दिए ।

प्रकाशित मिति: माघ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend