Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५० हजार पुरस्कारको कविता तथा निबन्ध प्रतियोगिता हुने

हाम्रो कोशी आवाज
माघ २७ २०७७, मंगलबार
५० हजार पुरस्कारको कविता तथा निबन्ध प्रतियोगिता हुने

धरानः नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।
महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ ।
प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र प्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।
कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ रु. ५० हजार, द्वितीयतर्फ रु. ४० हजार र तृतीयतर्फ रु. ३० हजार नगद र प्रमाणपत्र पुरस्कार रहेको प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: माघ २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend