फुङलिङः ताप्लेजुङमा बच्चा जन्मिएपछि अत्याधिक रक्तश्राप भएर ज्यान जोखिममा परेकी सुत्केरीको उद्दार गरिएको छ ।
राष्ट्रपति महिला उत्थानशील परियोजनामार्फत् ताप्लेजुङ सिरिजंघा गाउँपालिका–५ पेदाङकी ३५ वर्षीया शान्ता भट्टराई लिम्बूको हेलिकप्टरबाट गरेर उद्दार विराटनगर लगिएको हो ।
लिम्बूको अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टरमार्फत् उद्दार गरिएको सिरिजंघा गाउँपालिका वडा नं ५ वडा अध्यक्ष पूर्णसिंह लिम्बूले बताए । ‘बच्चा जन्मने क्रममा बच्चाको हात मात्रै निस्किएर जटिलता उत्पन्न भएपछि राष्ट्रपति महिला उत्थानसिल परियोजनाअन्तर्गत हवाई उद्दारका लागि हेलिकप्टर मगाएको वडा अध्यक्ष लिम्बूले बताए ।
‘हेलिकोप्टर आउञ्जेलमा बच्चा त जन्मियो तर रगत थामिएन, त्यसैले सुविधा सम्मपन्न अस्पतालमा पठाएका छौं’, उनले भने, ‘उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उहाको उपचार भइरहेको छ ।’