Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ट्रकले च्यापेर सहचालकको मृत्यु

हाम्रो कोशी आवाज
माघ ३० २०७७, शुक्रबार
धरानमा ट्रकले च्यापेर सहचालकको मृत्यु

धरानः धरानमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।
धरान–४ स्थित कोशी लोकमार्ग (भेडेटार तल) मा ट्रकले च्यापेर सहचालकको ज्यान गएको हो । इटहरी बस्ने वर्ष ३० को विशाल खड्काको घटनास्थलमै ज्यान गएको हो । घटना शुक्रबार बिहानको हो ।
भोजपुरबाट इटहरीतर्फ जाँदै गरेको ना६ख ६४५१ नम्बरको ट्रक दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । ट्रकले च्यापेर उनको मृत्यु भएको उनले जानकारी दिए । ‘ट्रकले च्यापेको अवस्थामा शव बाहिर निकालिसकिएको छ’, उनले भने । ब्रेक फेल भएर दुर्घटना भएको हो । बिहान ४ बजेतिर दुर्घटनामा हुँदा ट्रक सडकबाट ५० मिटर तल खसेको थियो । ट्रकका चालक सुन्दरहरैँचा नगरपालिका–११ का २५ वर्षीय सुनिलकुमार भगतलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ३० २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend