Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रेम नाटक कि नौटङ्की ?

हाम्रो कोशी आवाज
फाल्गुन २ २०७७, आइतबार
प्रेम नाटक कि नौटङ्की ?

अहिलेका अधिकांश युवापुस्ता अरुलाई देखाउनका लागि प्रेम गर्छन् । प्रेम पनि के भनौ । प्रेमको नाटक रच्छन् । साथीहरुका अगाडि आफ्नो ब्वायफ्रेण्ड/गर्लफ्रेण्ड नहुँदा उनीहरु आपूmलाई कमजोर महशुु गर्छन् । त्यसैले उनीहरु सोच्छन, ‘एनि हाउ ब्वायफ्रेण्ड/गर्लफ्रेण्ड बनाउ ।’
यहाँ हामी त्यस्ता प्रेमीहरुको बारेमा कुरा गर्दैछौ जसले देखावती प्रेम गरिरहेका छन् । यस्तो प्रेमको टिकाउ हुँदैन् । आज प्रेम भोलि ब्रेकअप पर्सी अर्कैसँग प्याच अप । अहिलेको युवापुस्ता यही कल्चरमा हुर्केका छन् । प्रेम उनीहरुको लागि टाइमपास मात्र हो । वास्तममा उनीहरुलाई प्रेमको अर्थ र महत्व थाहै छैन ।
रिलेसनसिपमा एक अर्काप्रति इमान्दार हुनु धेरै जरुरी हुन्छ । तव मात्र एक सम्बन्ध साँचो रहन्छ । एक अर्काको भावनाको बुझनु भनेको सम्बन्ध बलियो बनाउनु हो । तर अहिलेको समयमा धेरै जसो पुरुषहरु आफ्नो रिलेसनको लिएर इमान्दार हुँदैनन् । आफ्नो पार्टनरको धोका दिन्छन् । जो पुरुष प्रेमिकाको धोका दिने बारेमा सोच्छ उसलाई आभास हुँदैन् कि ऊ धोका दिदैछ र यो गलत हो । त्यसैले त भनिन्छ नि, पुरुषको तुलनामा महिलाहरु कम धोका दिन्छन् ।
प्रेमिकाप्रति इमान्दार हुँदैनन्
केही यस्ता पुरुषहरु हुन्छन जो आफ्नो प्रेमिकाको लागि इमान्दार हुन्छन् भने केही पुरुषहरुलाई कसैको भावनाको कदर हुँदैन् । यस प्रकारको पुरुषहरु सिर्फ प्रेमिकाको प्रयोग मात्र गर्छन् तर उसले प्रेमिकाको स्पेसल महसुस गराउँछन् । वास्तवमा ऊ अलिकति पनि इमान्दार हुँदैनन् ।
प्रेमिका प्रति असुरक्षित महसुस गर्छन्
हरेक यस्तो व्यक्ति धोका दिन्छन भन्ने छैन् । तर केही यस्ता पुरुष हुन्छन् जो आफ्नो सम्बन्धको बारेमा असुरक्षित हुन्छन् । जसको कारण नचाहदा नचाहँदै आफ्नो पार्टनर प्रति गलत गर्छन् । उनीहरुलाई आफ्नो पार्टनर गुमाउने डर हुन्छ । यसकारण आफ्नो प्रेमिकाप्रति इमान्दार हुँदैनन् र धोका दिन्छन् ।
महत्वाकाँक्षी
जहिले पनि मानिसहरुलाई उसँग जति छ त्यो भन्दा अधिक पाउने इच्छा हुन्छ । र, ऊसँग भएको चिजको कदर हुँदैन् । यस्ता पुरुषहरु आफ्नो प्रेमिकामा पनि कमी देख्न थाल्छन् उसको दिमागमा जहिले पनि यो भन्दा राम्रो पाउन सक्छु भन्ने हुन्छ । यस्ता पुरुषहरुमा प्रेमिकाको धोका दिने प्रवृति अधिक हुन्छ किनकी ऊसँग जे छ त्यसमा उसलाई सन्तुष्टि मिल्दैन् ।
भावनात्मक रुपमा कमजोर
पुरुष भावनात्मक र मानसिक रुपमा कमजोर हुन्छन् । त्यसैले उनीहरुलाई मुर्ख बनाउन सजिलो हुन्छ । मानसिक रुपमा कमजोर भएको कारण उनीहरुमा ‘सेल्फ कन्ट्रोल’ को कमी हुन्छ । त्यसकारण उनीहरुलाई आफ्नो प्रेमिकालाई धोका दिन मुस्किल हुँदैन् । यस्ता मानिसबाट छिट्टै प्रभावित हुन्छन् र कहिलेकाँही अरुको कुरा सुनेर आफ्नो पार्टनरको भावनाको वेवास्ता गर्छन् । -एजेन्सी

प्रकाशित मिति: फाल्गुन २ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ११ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend