धरानः खोटाङको खोटेहाङ–१ स्थितमा बस्ने १९ सञ्जीव खड्काको टयाक्टर दुर्घटनामा परी मृत्यु भएको छ ।
मङ्गलबार बिहान पौने १० बजे खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ अल्छेढुङगा स्थितमा को२त ८५७९ नम्बरको टयाक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा खड्कालाई टयाक्टरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, इलाम नगरपालिका–७ तिल्केनीस्थित राजमार्गमामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक इलाम–९ का २२ वर्षीय अविकल सुन्दास रहेका छन् ।
मे १ह ३०२२ नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुन्दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका सुन्दासलाई उपचारार्थ विराटनगरतर्फ लैजाँदै गर्दा राति ११ बजे उनको बाटोमै मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत विपीन रेग्मीले जानकारी दिए ।