बिर्तामोडः झापा बुद्धशान्ति–३ बाट लागूऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका २३ वर्षीय निपुल लिम्बू र २२ वर्षीय समिर खान रहेका छन । बाटोमा हिँडिरहेका दुवैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागूऔषध फेला पारी बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।