विराटनगरः सीमा प्रहरी चौकी मायागञ्ज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवणकुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुरयाउनुको साथै अवैध हातहतियारसहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्तिहरु, चोरी पैठारी तथा प्रतिबन्धित विभिन्न ब्राण्डको अवैध औषधी कारोबारीलगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानुनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङकन गर्दै २०७७ साल माघ “महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।