Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा भएको दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन ६ २०७७, बिहिबार
सुनसरीमा भएको दुर्घटनामा मृत्यु

सुनसरीः पिकअपको ठक्करले एकजनाको मृत्यु भएको छ ।
रामधुनी ३ बस्ने २२ वर्षीय सुरज चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको हो । बुधबार राति पौने १० बजे रामधुनी राजमार्ग स्थितमा को२च ३३१२ नम्बरको पिकअप भ्यानले को ३१प ३१४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालक चौधरी गम्भिर घाइते भएका थिए ।
घाइते चौधरीको बिराट नर्सिङहोममा उपचारको क्रममा राति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पिकअप र चालक मोरङ सुन्दरहरैंचाका दिलबहादुर कामी प्रहरी नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन ६ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend