Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्व मिस नेपाल मलिना जोशीको सपना

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७७, सोमबार
पूर्व मिस नेपाल मलिना जोशीको सपना

धरानमा जन्मेर हुर्किएकी मलिना जोशी चिनिएकै नाम हो । सन २०११ मा मिस नेपालको उपाधि जितेसँगै उनको चर्चा पनि चुलिएको हो ।
धरान पढेकी उनले मेरिगोल्ड स्कुल, विजयपुर स्कुल र धरान उच्चमा ब्याचलर्ससम्म पढिन् । त्यसपछि एमबिएका लागि उनी काठमाडौं पुगेकी हुन् ।
बुबा माधवप्रसाद जोशी तथा आमा मीना जोशी र लक्ष्मी जोशीकी माहिली छोरी हुन् । उनका एक दिदी र एक भाइ छन् । जागिरे पारिवारिक पृष्ठभूमिकी उनलाई मिस नेपाल भिड्छु भन्ने पहिलादेखि नै इच्छा थियो । उनी सानैदेखि क्याटवाक गर्न मन पराउने तथा नयाँ पहिरन लगाउन रुचाउने गर्थिन् । मलिनाले एमबिए सकेपछि उनले मिस नेपाल प्रतियोगितामा भाग लिएको बताइन् । उनले घरमा नभनी नै प्रतियोगितामा भाग लिएको बताउँछिन् ।
‘भिड्छु भन्ने पहिलादेखि नै आफ्नो इच्छा रहेको थियो तर पारिवारिक सपोर्ट थिएन, घरमा कसैले पनि यस्तो प्रतियोगिता भनेपछि मन पराउनु हुँदैन थियो, ग्ल्यामर, मोडलिङ इष्डष्ट्रिज वा मिस नेपालमा लागोस् भन्ने नै थिएन’, उनले खुलाइन्, ‘सबै पढाइ सकेपछि घरमा नभनी नै मैले यस प्रतियोगितामा भाग लिएँ, भाग्य बलियो रहेछ धन्नँ जितें ।’ आफूमा दृढता र आत्मविश्वासले नै उपाधि दिलाएको उनले बताइन् ।
त्यसपछि राम्रो कर्म र व्यवहार गरियो भने राम्रै फल पाइन्छ भनेजस्तै भयो उनलाई । ‘मैले मिस नेपालमा जितेपछि बुबाले पनि भित्रै मनदेखि धन्यवाद सम्म भन्नुभएको थियो, त्यतिबेलाजस्तो खुशी मेरो मनमा कहिल्यै आएको छैन ।’ उनले भनिन् ।
उनले मोडलिङ क्षेत्रमात्रै नभएर राम्रा नराम्रा मानिसको जमघट हुने बताउँदै उनले बलियो सिद्धान्तमा बालबालिका हुर्किएका छन् भने यस्ता प्रतियोगितामा भाग लिएर केही फरक नपर्ने बताइन् । ‘मेरो बुबाआमाले मलाई बलियो र राम्रो सिद्धान्तमा हुर्काउनुभएको छ, त्यसैले आफ्नो लिमिट मैले जानेको छु, त्यसैले तपाईहरुको सपोर्टले नै तिनीहरुले प्रगति गर्ने हुन् ।’ उनले भनिन् । उनले प्रतियोगितामा भाग लिएर ‘कन्फिडेन्स लेवल’, भ्वाइसमा पनि पावर आउने बताइन् ।
उनी हाल काठमाडौंमा बस्दै आएकी छिन् । ७ वर्षसम्म सिने क्षेत्रमा करिअर बनाउँदै आएकी उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी छिन् । तर उनले फिल्म र म्युजिक भिडियोबारे अझै खेल्ने वा नखेल्नेबारे केही खुलाउन मानिनन् । उनी अमेरिकाको टेक्सस राज्यमा हुने छैठौं मिस नेपाल–यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी थिइन् ।
आमालाई संसार घुमाउने उनको ठूलो उद्देश्य रहेको उनले बताइन् । ‘मेरो जीवनको सबैभन्दा ठूलो उद्देश्य भनौं वा सपना भनौं आमालाई संसार घुमाउने हो । मेरो आमा अहिलेसम्म कहीँपनि जान पाउनुभएको छैन, यतिञ्जेल परिवारलाई नै समय दिएर उहाँले जीवन राम्रोसँग पनि जिउन पाउनुभएको छैन जस्तो लाग्छ, त्यसैले आमालाई संसार घुमाएरै छाड्छु ।’ उनले भनिन् । तस्वीरः हाम्रो कोशी आवाज

मेलिनासँग गरिएको कुराकानीः

प्रकाशित मिति: फाल्गुन १० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend