Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा च्यालेन्ज कप, आयोजक रातो सेमिफाइनलमा

हाम्रो कोशी आवाज
फाल्गुन १० २०७७, सोमबार
बराहक्षेत्रमा च्यालेन्ज कप, आयोजक रातो सेमिफाइनलमा

बराहक्षेत्रः आयोजक रातोले एपिएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४ विरुद्ध ५ गोलले पराजित गर्दै बराहक्षेत्रको भरौलमा जारी दोस्रो न्यू जेनेरेसन च्यालेन्ज (सेभेन साइज) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार प्रतियोगिताको तेस्रो खेलअन्तर्गत एपिएफविरुद्ध आयोजक न्यू जेनेरेशन क्लब रातोले टाइब्रेकरमा नतिजा आफ्नो पक्षमा पारेको थियो ।
स्थानीय बराहक्षेत्र–३ को महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको खेलमा निर्धारित समय दुवै टिमले १–१ गोल गर्दै खेल बराबरीमा पुगेको थियो । पहिलो हाफमा एपिएफले अग्रता लिएको थियो । जर्सी १० रञ्जन मगरले खेलको १९ औं मिनेटमा गोल गरेका थिए । ए डिभिजन खेलाडीसमेत समावेश गरेको आयोजक रातोलाई पहिलो हाफसम्म एपिएफले अग्रता लिएको थियो ।
खेलको दोेस्रो हापको ८ औं मिनेटमा आयोजक रातोका टिम क्याप्टेन निशान लिम्बूको पासलाई जर्सी नं. ११ का विवेक राईले सदुपयोग गर्दै आफ्नो टिमलाई बराबरी खेलमा फर्काउन सफल भएका थिए । निकै रोमाञ्चक खेलमा थप कुनै गोल नहुँदा खेलको नतिजाको लागि टाइब्रेकरको सहारा लिइएको थियो । टाइब्रेकरमा एपिएफ पूर्वाञ्चलका तर्फबाट ४ गोल गरे भने आयोजक रातो ५ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
खेल भर उत्कृष्ट प्रदर्शन गरेको भन्दै आयोजक रातोका जर्सी नम्बर ३ का अशोक खवास म्यान अफ द म्याच घोषित भएका थिए । उनले नगद ११ सय र ट्रफी प्राप्त गरे । भोलि मङ्गलबार ग्रिन कल्चरल क्लब चक्रघट्टी र शान्ति नगर फुटबल इटहरीका बीच हुने क्लबका अध्यक्ष अजित राजधामीले बताए ।
१५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार १ सय ११ रुपैयाँ, दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्रमाणपत्र र विद्याहरुमा पुरस्कर समेत रहेको क्लबका अध्यक्ष राजधामीले बताए । तस्वीरःदीपक पुरी

प्रकाशित मिति: फाल्गुन १० २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend