उदयपुरः उदयपुर त्रियुगा नगरपालिका–५ का २५ वर्षीय प्रदीप शाक्य थारुलाई लागूऔषध सहित पक्राउ गरिएको छ ।
आइतबार दिउँसो साढे ११ बजे सोही स्थानमा प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागूऔषध फेनारगन–३० एम्पुल, नोफिन–३० एम्पुल र डाइजेल्याब– ३० एम्पुलसहित नियन्त्रणमा लिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।





