Hamro Koshi Aawaj

सोमबार, असोज ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो छिन’ सार्वजनिक (भिडिओ)

हाम्रो कोशी आवाज
फाल्गुन १८ २०७७, मंगलबार
राजेश राई र अस्मिता अधिकारीको ‘छेपारो छिन’ सार्वजनिक (भिडिओ)

धरानः गायक राजेश राई र अस्मिता अधिकारीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ ।
पदम साधना कुलुङको शब्द, उर्गेनको संगीत तथा कमल सौरागको एरेञ्ज रहेको ‘छेपारो छिन’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतलाई जीवन बाबुले मिक्सिङ, मास्टरिङ गरेका हुन् । ‘द ट्यून्स क्रियशन’ युट्युव च्यानलमार्फत् रिलिज गरिएको ‘छेपारो छिन’ गीतको भिडियोमा टिम कार्टून र बिम्बू मगर फिचर्ड छन् ।
टिम कार्टूनको निर्देशनमा तयार भएको भिडियोमा सुविन सी अधिकारी र राम घलेको कोरियोग्राफी रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका गीतको भिडियोलाई ह्लाक्पा डी लामाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति: फाल्गुन १८ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend