धरानः धरानका मेयर तिलक राईले प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा २५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीले स्थापना गरेको प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा मेयर राईले बुधबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
फोनिजको तर्फबाट गठन गरिएको तीन सदस्यीय समितिका संयोजक जनकऋषि राईले मेयर राईले २५ हजार रुपैयाँ सहयोग गरेसँगै याम प्रधान स्मृति पत्रकारिता पुरस्कार कोषमा १ लाख रुपैयाँ पुगेको बताए ।