Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
मोटरसाइकल दुर्घटनामा मृत्यु

विराटनगरः मोरङको सुन्दरहरैंचा–३ का २० वर्षीय अजित चौधरीको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
बुधबार राति ९ बजे सोही स्थानमा प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार अजित घाइते भएका थिए ।
घाइते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा बिहीबार बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक विपीन रेग्मीले जानकारी दिए । मोटरसाइकल चालक सोही स्थान बस्ने ३१ वर्षीय देवकुमार चौधरी प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend