Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टर दुर्घटनामा मृत्यु

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७७, बिहिबार
टयाक्टर दुर्घटनामा मृत्यु

भोजपुरः भोजपुर रामप्रसाद राई गाउँपालिका ५ का १८ वर्षीय सहचालक प्रदीप तामाङको टयाक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।
बिहीबार बिहान पौने ७ बजे सोही स्थानमा को२त ३६६९ नम्बरको टयाक्टर रोडबाट अन्दाजी ४० मिटर तल झरी दुर्घटना हुँदा सहचालक प्रदिप तामाङ घाइते भएका थिए ।
घाइते प्रदीपको स्वास्थ्य चौकी मानेभन्ज्याङमा उपचारको क्रममा बिहान सवा ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । ट्याक्टर चालक सोही स्थान बस्ने सञ्जीव खड्का प्रहरीको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति: फाल्गुन २० २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend