धरानः धरान-८ की छात्रा कविता श्रेष्ठ बेपत्ता भएकी छिन् ।
गत फागुन ४ गते साथीको घर जान्छु भनेर हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा छैनन् । २० वर्षीया श्रेष्ठको खोजी गरिदिन परिवारजनले आग्रह गरेको छ ।
स्थानीय सहिद स्मृति माध्यमिक विद्यालयको कक्षा-९ मा अध्ययनरत श्रेष्ठ बेपत्ता भएकी हुन् । प्रधानाध्यापक रामबहादुर विष्टले धेरैदिनदेखि बेपत्ता उनी नफर्किएको बताइन् । परिवारले इलाका प्रहरी कार्यालय धरानमा खोजिदिन निवेदन दिएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले कविताको खोजी थालिएको बताए ।