Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेकअपबिनै सुन्दर र आकर्षक

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
मेकअपबिनै सुन्दर र आकर्षक

१. प्रशस्त मात्रामा पानी पिउने गर्नाले शरीरका बिकार तत्व बाहिर निकाल्न मद्दत गर्छ र त्वचा आकर्षक र सुन्दर बन्छ ।
२. अनुहार गर्दनका साथै हात खुट्टामा मस्चराइजर गर्नुहोस् यसले तपाइँको छालामा भएको चाउरीपन हटाउन मद्दत गर्छ ।
३. नियमित रुपमा सफा पानीले अनुहार धुने गर्नुपर्छ । दिनमा कम्तिमा ३ देखि चार पटक फेशवासले अनुहार धुने गरेमा अनुहारमा धूलो तथा फोहर जम्न पाउँदैन ।
४. दैनिक रुपमा टोनरको प्रयोग गर्नुहोस् यसले त्वचाको चिल्लोपन हटाउन मद्दत गर्छ ।
५. दैनिक रुपमा स्याम्पुले कपाल धुने र सुहाँउदो अनुसार समय समयमा कपाल काट्ने गर्नाले तपाइँ सुन्दर र आकर्षक देखिनुहुन्छ ।
६. बाहिर जाँदा घामबाट बच्नका लागि सनस्क्रिनको प्रयोग गर्नुहोस् । यसले तपाइँको अनुहारलाई घामको किरणबाट बचाउँछ र प्राकृतिक रुपमा सुन्दर र स्वस्थ बनाउँछ ।
७. नियमित रुपमा तातो पानीमा कागतीको रस राखेर पिउने गर्नाले त्वचामा चमकता पैदा गर्न मद्दत गर्छ ।
८. यसका साथै नियमित रुपमा स्वस्थ र मौसम अनुसारका ताजा फलफूलका साथै हरिया सागसब्जीको सेवन गर्नु जरुरी हुन्छ । साथै प्रशस्त निदाउनु स्वास्थ्य तथा सुन्दरताका लागि फाइदाजनक हुन्छ । -एजेन्सी

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend