Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चिनी रोग छ ?

हाम्रो कोशी आवाज
फाल्गुन २३ २०७७, आइतबार
चिनी रोग छ ?

धरानः चिनी रोगका बिरामीले विशेषतः कार्वोहाइड्रेट र चिल्लो खानेकुरा खान हुँदैन । मधुमेह भएका व्यक्तिले आफ्नो स्वास्थ्यमा ध्यान दिन नसके त्यसले उनीहरुको आँखा, मुटु, किड्नी, नशा लगायत शरीरका विभिन्न अंगलाई असर पार्न सक्छ । यसबाट बच्न मधुमेहका बिरामीले आफ्ना खानपानमा ध्यान दिनु निकै आवश्यक हुन्छ ।
सामान्यता, हामीले खाएको खाना ग्लुकोजमा परिणत हुन्छ । यसले शरीरलाई इनर्जी पदान गर्छ । तर मधुमेह भइसकेपछि उक्त ग्लुकोज इनर्जीको रुपमा परिणत हुन सक्तैन । र, शरीरमा विभिन्न समस्या देखा पर्छ । यसबाट बच्न मधुमेहका विरामीले विशेषगरी खानपानमा ध्यान दिनुपर्छ ।
उनका अनुसार मधुमेहका बिरामीले सिधै ग्लुकोज तथा चिनी पाइने खानाको खाना कहिल्ल्यै पनि खानुहुँदैन । इन्सुलिनको अभावमा शरीरले ग्रहण गर्ने खानालाई ग्लुकोज मार्फत शरीरले सिधै इनर्जीको रुपमा प्रयोग गर्न नसक्न हुदाँ त्यस्ता विरामीलाई आफूले खाएको खाना शरीरमा पठाउन केही समय लाग्छ । जसले गर्दा सुगर नियन्त्रणमा कठिनाइ हुनसक्छ । यसबाट बच्न तथा सुगर रोकथाम गर्न मधुमेहका बिरामीका लागि मेथी निकै लाभदायक छ ।
मधुमेहका बिरामीले गुलियो, कोक, फ्यान्टा लगायतका सोडा, जुस, केरा, घ्यु, चिल्लो, तारेको खानेकुरा, फ्रेन्च फ्राइज, बर्गर, पिज्जा लगायतका आधुनिक खानेकुरा सकेसम्म बार्नुपर्छ ।  (भिडिओ डाक्टर साथीबाट साभार गरिएको हो (सं.))
सुनौं, हेरौं भिडियोः

प्रकाशित मिति: फाल्गुन २३ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend