Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

दुई महिलालाई झन्डै कटाइयो सीमा

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७७, सोमबार
दुई महिलालाई झन्डै कटाइयो सीमा

विराटनगरः राम्रो काममा लगाइदिने भन्दै महिलालाई सीमा कटाउन लागेपछि प्रहरीले दुईजना पुरुषलाई समातेको छ ।
विराटनगरको सीमा हुँदै दुई नेपाली महिलालाई भारततर्फ लैजादैं गरेका काजी तामाङ र प्रेमबहादुर मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ की २३ र ३२ वर्षीया दुई महिलालाई विराटनगर महानगरपालिका १६ दक्षिण गेट हुँदै भारत लैजाने क्रममा उनीहरुलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले दुवैजनालाई मानव बेचबिखन मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
तामाङ थरका दुवै महिलाले भारतमा पुगेर राम्रो कमाई हुने भन्दै आफूहरुलाई काठमाडौंदेखि बस चढाएर विराटनगर ल्याइएको बताएका छन् । विराटनगर बसपार्कमा लिन पुगेका उनीहरुलाई काजीले एकरात लजमा राखेर फागुन २१ गते भारत पुरयाउन खोजेको पाइएको उनको भनाइ छ ।

प्रकाशित मिति: फाल्गुन २४ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend