विराटनगरः मोरङको सुन्दरहरैंचा–१० बाट लागूऔषधसहित पाँचजना पक्राउ गरिएको छ ।
सोमबार राति ८ बजे इलाका प्रहरी कार्यालय विराटचौकबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने ३४ वर्षीय केशव तामाङको कोठाबाट डाइजोल्याप थान–१०, लुपिजेसिक थान–७, एभिल थान–१३ र गाँजा २०० ग्राम फेला पारेको छ ।
प्रहरीले तामाङको घरमा लागूऔषध बिक्री–वितरण तथा सेवन गर्ने गरेको गोप्य सूचनाको आधारमा तामाङसहित सोही स्थानका २० वर्षीय एलिस खड्का, १९ बर्षीय सरन मगर, २० वर्षीय राजेश मङ्ग्राती र १८ वर्षीय सञ्जीव मगरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए ।